Modern technology gives us many things.

एनआरएनए एनसीसी मलेसिया द्वारा कार्य प्रगति विवरण प्रस्तुत तथा प्रेस विज्ञप्तीति सार्वजनिक ।

62

कृष्ण गुप्ता
क्वालालम्पुर मलेसिया:=गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एनसीसी मलेसियाले राजधानी क्वालालम्पुरमा एक समारोहका बिच कार्य प्रगति विवरण तथा राजदुत स्वागतार्थ आयोजना तय भएको कार्यक्रम स्थगन बारे आफ्नो आधिकारिक धारणा सहित प्रेस विज्ञप्तीति मार्फत सार्वजनिक गरेको छ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोको अध्यक्षतामा सम्पन्न समारोहमा प्रेस विज्ञप्तीति बाचन गर्दै अध्यक्ष महतोले (एनआरएनए) मलेसियाले नेपाली राजदूतावाससँग सहकार्य र समन्वय गर्दै आएको तर अहिले नेपाली राजदूतावास, क्वालालम्पुरको कार्यालयमै पुगेर नवनियुक्त महामहिम राजदूत डा. नेत्रप्रसाद तिम्सिना ज्यू सँग भेटघाट गरि स्वागत तथा सम्मान कार्यक्रमका लागि दूतावास कै समयानुकूल औपचारिक निमन्त्रणा गरेको तर अन्तिम समयमा कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैइसके पश्चात् महामहिम राजदूत ज्यूले व्यस्तताको कारण देखाउदै उपस्थित हुन नसक्ने बताएपछि महामहिम राजदूत ज्यू लाई एनआरएनएको बारेमा अफवाह फैलाउने केहि सिमित व्यक्तिहरुको कुरा मात्रै सुन्नु नहुने बताउनुभयो ।

अध्यक्ष महतो ले महामहिम राजदूत ज्यू मलेसिया आएदेखि नै राजदूतावासको तर्फबाट एनआरएनएलाई उपेक्षा गरिएको महशुस गरेको बताउदै निकट भविष्यमा यस्ता घटनाहरू दोहोरिने छैनन्, साथै राजदूतावास तथा एनआरएनए बीचको सम्बन्ध ल सुदृढ र प्रगाढ हुनेछ भन्ने अपेक्षा राख्दै महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना ज्यूको मलेसियाको सफल कार्यकालको सुभकामना दिनुभएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै उपाध्यक्ष हेमराज साप्कोटा र युवा संयोजक राजु तमाङले सहमती अनुसार केही साथीहरू नजादा बजारमा बिबादास्पद छ जस्तो देखिएपनी एनआरएनए मलेसिया बिधान सम्बत र सहमतीपरक चलेको बताउनुभेको थियो ।

कार्यक्रममा सचिव बिस्णु बरालले अहिलेसम्मका गतिविधि सहित को बुदागत कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।

१ दशै तिहार छट पर्व शुभकामना आदानप्रदान कार्यक्रम को आयोजना

२ दोस्रो जोहोर कप आयोजना हुदा NCC मलेशिया द्वारा 7000 rm सहयोग ।

NCC युवा उपाध्यक्ष नारायण अधिकारी ज्यूले Rm 2600 सहयोग ।

३.बैधानिक तथा अबैधानिक रूपमा बिबिध कारण बाट पीडित श्रमिक प्यारालाईसिस बिरामी तथा घर फिर्ता क्याम्प बसेका मित्र हरु लगाएत लामो समय मलेसिया मा रोजगारी को सिलसिलामा घर परिवार बाट सम्पर्क बिहिन भएको हुदा परिवार बाट खोजिकार्य अनुरोध पत्र प्राप्त भए अनुसार हाम्रो टिम ले सम्पर्कमा ल्याएर स्वदेश फिर्ता पठाउन सफल भयौ।

१) कालिचरण चौधरी ,
२) यम बाहादुर रोक्का
३)खम बहादुर गुरुङ
४) धनन्जय बानियाँ
५),नाजिर मिया
६),डम्बर पुन
७)राम बहादुर राई
८) तारा चन्द्र थापा
९)राज कुमार खत्रि
१०)प्रकाश तामाङ

४.नेपालमा प्राकृतिक बिपत्ति को कारण बाढी पीडित लाई सहयोग स्वरुप 1 लाख रुपैया कोष मार्फत सहयोग गरियो।
NCC मलेसिया का युवा उपाध्यक्ष नारायण अधिकारी ज्यूले नेपालमा प्राकृतिक विपत्ति वाढी पीडितलाई रु १ लाख सहयोग ।
५.थारु कल्याण कारी साखा मलेसिया लाई 1000 Rm सहयोग गरियो।

६.AGM मा सहाभागिता जनाउँदै 10 हजार सहयोग गरियो।

७.अपांग संरक्षण नेपाल सस्था लाई 1000 Rm सहयोग गरियो।

८.RT FC क्लब लाई ७८ हजार सहयोग गरियो।

९.क्यान्सर पीडित – फुलमाया स्याङ्तान ,नेत्र बहादुर स्याङ्तान,सुदिक्षा पुन मगर ,विद्यालय मर्मत सम्भार , गरि 200 Rm सहयोग गरियो।

१०.पीडित डम्बर बहादुर बोहरा, राज कुमार खत्री ,तारा चन्द्र थापा ,डम्बर पुन लाई हवाई टिकट सहयोग गरियो।

११.NCC मलेसिया युवा संयोजक श्री राजु तामाङ ज्यु बाट प्रकाश तामङ,अम्बे बि क. नजिर मिया,लाई घरफिर्ती को लागि हवाई टिकट लगायत अन्य सहयोग ।

१२.आफ्नो पत्नीको हत्यारा फरार अभियुक्त लाई नेपाली राजदुतावास र मलेसियन प्रसासन संग समुनन्य गरियो।

१३.NCC मलेसिया द्वारा आयोजित बनभोज कार्यक्रम मा उपस्थित संयुक्त रूपमा केन्द्र र क्षेत्रीय समितिको सम्पुर्ण सदस्य हरुलाई NCC अध्यक्ष ज्यु र युवा संयोजक ज्यु बाट NRNA लोगो अंकित टि-शर्ट प्रदान गरियो।

१४) बंगुरे भलिबल क्लब मुहार लाई NCC मलेसियाका अध्यक्ष ज्यु तथा सम्पुर्ण कार्यसमितिका साथिहरु द्रारा Rm 500 सहयोग गरियो

१५)म्याग्दी प्रवासी नेपाली संघ लाई NCC मलेसियाका अध्यक्ष ज्यु र उहाको सम्पुर्ण कार्यसमिति द्रारा Rm 500 सहयोग गरियो

१६)नेपाल मगर संघ मलेसियालाई NCC मलेसियाका अध्यक्ष ज्यु र उहाको ईन्टायर टिम बाट 500 सहयोग गरियो

१७)स्कुडाई फुटबल क्लब जोहोर लाई NCC मलेसियाका अध्यक्ष ज्यु तथा सम्पुर्ण कार्यसमिती द्रारा Rm 1000 सहयोग गरियो ।

१८)नेपाल तामाङ घेदुङ लाई NCC मलेसियाका अध्यक्ष ज्यु तथा सम्पुर्ण कार्यसमिति द्रारा Rm 1000 सहयोग गरियो

१९) NCC मलेसिया युवा उपाध्यक्ष नारायण अधिकारी ज्यूले सुदुरपसिमेले समाज ले आयोजना गरेको देउडा कार्यक्रम लाई RM 1000 सहयोग ।

२० )NCC मलेसीया का युवा उपाध्यक्ष नारायण अधिकारी ज्यूले जोहोको स्कुडाई कल्ब लाई RM 1000 सहयोग गरियो ।

२१) NCC मलेसिया युवा उपाध्यक्ष्य श्री नारायण अधिकारी ज्यु बाट प्रकाश क्षेत्री जो ४ दिन देखी बेपत्ता थिए उनलाई उद्दार गरी आफ्नै घरमा ५ दिन सम्मा राखी उपचार गरी घरफिर्ती को लागि हवाई टिकट लगायत अन्य सहयोग ।

२२ ) NCC मलेसिया युवा उपाध्यक्ष्य श्री नारायण अधिकारी ज्यु बाट क्यान्सर पीडित नेत्र नेपाली लाई घरफिर्ती गरियो

२३)जिल्ला किकेट संघ महत्तोरी लाई गैर आवासीय नेपाली संघ मलेसिया द्रारा एक लाख सहयोग गरियो । 

कार्यक्रम समापन गर्दै अध्यक्ष राकेश प्रसाद महतोले नेपाल बाट मलेसिया भ्रमणमा आउनुभएका क्रिकेट संघ “क्यान” को संघीय उपाध्यक्ष रोशन कुमार सिंहले नेपाल बाट ल्याउनु भएको मायाको चिनो ग्रहन गर्नु भएको थियोे।

Leave a comment