मलेसिया बिशेषसमाचारसमाजस्वास्थ्य

सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा श्रम तथा बिमा सम्बन्धि सचेतना कार्यक्रम क्वालालम्पुरमा सम्पन्न ।

कृष्ण गुप्ता
क्वालालम्पुर मलेसिया:=सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले मलेसियाको क्वालालम्पुरमा एक कार्यक्रमका बिच एक दिने श्रम तथा बिमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षता र मलेसियास्थिति नेपाली राजदुतावास क्वालालम्पुर का राजदुत डा:नेत्र प्रसाद तिमिल्सिना को प्रमुख आतिथ्यतामा क्वालालम्पुरमा अबस्थित होटल ग्राण्ड कण्टिनेण्टल को सभाहलमा आइतबार साझ सम्पन्न गरेको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अरु इन्स्योरेन्सकम्पनी हरुको तुलनामा उत्कृष्ट रहेको दावा गर्दै आप्रवासी कामदारहरु संग जोडिएर उनीहरुलाई बिमा बारे बुझाउदै भैपरी आउने भवितब्य र जोखिम बहन को लागि बिमा साक्षरता गराउदै सन लाइफ सङ जोडिएर काम गर्न्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको एस्लाइ मलेसियामा रहेका सबै संघ सस्था राजदुतावास सबैले सहयोग गर्नुपर्ने बताउदै सभाहलमा उपस्थित सबैलाइ स्वागत गर्दै इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले स्वागत मन्तव्य राखेका थिए।

प्राय सबै इन्स्योरेन्स कम्पनीहरुले लाभाम्सको मात्रै प्रचार गरेको तर यो इथिकल सेभिङ रहेको बताउदै गलत प्रचार भैरहेको आफ्नो लामो बित्तिय सस्थाहरु सङको आबद्धता र अनुभव सुनाउदै मलेसियामा छिटै साखा स्थापना गरि धेरै भन्दा धेरै कामदार साथीहरूलाई बिमा बारे बुझाउदै जोड्दै लैजाने तयारीमा रहेको कार्यक्रम संचालन कवि फुएलले बताएका थिए।

बिमा सम्बन्धि सचेतना कार्यक्रममा कामदारहरुलाइ सेवामुलक कुनै न कुनै रुपमा फाइदा पुग्ने कानुन संबंत सबै खाल्का काममा दूतावास सकारात्मक रहेको राजदुत
तिमिल्सिनाले बताउनुभेयो ।

कार्यक्रम मा ब्यबसायी बिनोद थापाले बिदेशी कामदारको लागि जहाँ जुन देशमा बिमित छ्न तेहि सेवा सुबिधा दिने छुट्टै प्राबधान बनाउन सके थप प्रभकारी हुने सुझाव दिएका थिए । कार्यक्रममा व्यावसायि दयाराम कुमाल ,योगेन्द्र कुवर ,राजु तमाङ ,किरन थापा तिलोचन गौतम लगाएतले संबंधित बिसय सेरोफेरोमा सवाल जवाफ गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button