गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि मास्टर प्लान बनाईएको छ : नगरप्रमुख उपेन्द्र यादव

19

मंसिर १२ बारा___ विश्व प्रसिद्ध गढीमाई मेला मंसिर  १ गतेदेखि  बारा जिल्लाको बरियारपुरमा सुरु भएको छ । पन्चवर्षिय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरुले काम गरिरहेको छ । गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि मास्टर प्लान बनाईएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले सञ्चारकर्मीहरु संगको कुराकानिमा बताउनु भयो ।

नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरे पछि मात्र मनोरञ्जन ,खुद्रा पसल कहाँ राख्ने र त्यस अनुसारनै त्यस्ता साधनहरु र पसलहरुलाई ब्यवस्थापन गरिने बताउनु भयो ।अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भिड दैनिक बढ्दो क्रममा रहेको  छ। दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकोले मेलामा ब्यवस्थापनमा कुनै कसर बाकी नरहने गरि समिती र उपसमिति काम गरिरहेको मेला मुल समितिले जनाएको छ।

विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन परियोजको लागि पसल राखेको छ त्यस बाहेक अन्य समाग्री बिक्री बितरण गर्न नपाउने गरि अनुगमन उपसमिती काम गरिरहेको अनुगम उपसमितिका संयोजक दिप प्रकाश गुप्ताले सञ्चारकर्मीहरु संगको कुराकानीमा बताउनु भयो ।पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमिति कार्वाही गर्न त्यार रहेको समेत उहाँले बताउनु भयो ।

विश्व प्रसिद्ध पन्चबर्षिय गढीमाई मेलामा स्वाथ्य क्षेत्रलाई मध्य नजर गर्दै नेपाल मिडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालल नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मिडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले बताउनु भयो। उनका अनुसार मेलामा  २४ औं घन्टा चिकित्सक ,नर्श लगाएतको टोलिले शिविरमा सेवा प्रदान गर्ने छ।

Leave a comment