वीरगन्ज कपडा बैंक द्वारा छठ पर्वको अवसरमा घण्टाघरमा नि:शुल्क कपडा वितरण

139

कार्तिक १९ वीरगन्ज___ वीरगन्ज कपडा बैंक द्वारा छठको शुभ अवसरमा सोमबार नि:शुल्क कपडा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले आज सोमबार पनि घण्टाघरमा छठवर्तीहरु लाई नया २५ थान साडी र पुराना साडी ,सर्ट पाइन्ट ,टिसर्ट,कुर्ता पाइजामा, स्वेटर ,ज्याकेट तथा बालबालिकाको कपडाहरु गरि करिब ११ सय थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी ,सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता ,ओम प्रकाश गुप्ता, सुस्मा तिवारी , अखिलेश तिवारी , समाजसेवी हुकुम सिंह,नेजामुदिन समानी ,सतिश सिंह राजपुत,बिरगंज कपडा बैंकका उपाध्यक्षद्वय मोनिका सिंह र प्रकाश थारु ,राजेन्द्र भट्टराई , युवा अभियन्ताहरु केदार गुप्ता, रियान्स सिंह राजपुत , राजेश श्रीवास्तव , सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, बैंकका सदस्यहरु निला राम ,हरेन्द्र पटेल,जानकी देवि,नवराज भट्टराई , अभिलाष गुप्ता ,पत्रकारद्वय क्रान्ति साह र अजित भुजेल, घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ लालबाबु यादव , बैंकका कर्मचारी शोभा देवि लगायत को सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना एवं चाडपर्वहरुमा घण्टाघर लगायत विभिन्न स्थानहरु र आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ ।

हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मीहरु , संस्थाका सल्लाहकारहरु , पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्दै छठ पर्वको बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा सल्लाहकारद्वय उपाध्याय, गुप्ता,सराफले दिनदुखी असहाय कोहि पनि नाङ्गो नरहोस चाडपर्वको बेला नया किन्न नसकेपनी नया खालकै कपडा सहयोग गरि दिन आग्रह गर्दै सहयोगी दाता शुभेच्छुकजन प्रती आभार प्रकट गर्दै पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्ष सिंहले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिन्दुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक , सल्लाहकार,पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गर्दै छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए।

Leave a comment