मधेससमाचार

भाईटिकाको शुभ अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भव्यरुपमा टीका ग्रहण

कलैया- यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइ लाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाउने चलन रहि आएको छ। टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइ लाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनी लाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको शुभ साइत मध्याह्न ११ बजेर ५५ मिनेटमा रहेको छ । यद्यपि अन्य जुन सुकै समय दिनभर टीका लगाउन सकिने छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइ लाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन ऊ शान्ति आश्रम तथा गाउँघरमा आफन्त कहाँ पनि छिमेकको दिदिबहिनी शीत टीका थापने प्रचलन रहेकोे छ।

सोहि अनुसार बारा जिल्लाको कलैयामा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा यहाका स्थानीय तथा बारा जिल्लाका भएभरका गन्यमान नेताहरू समेत टीका ग्रहण गरेका छन्। उक्त अवसरमा सेवाकेन्द्रकि मुख्य सञ्चालिका मिनादिदिले नै टिका लगाएकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button