लोक आस्थाको महापर्व छठको तयारीमा मधेशका ब्रतालु महिला व्यस्त भएका छन । मधेशमा कार्तिक शुक्ल पक्षको दिन बनाईएको गोधन आज आईतबार कुटिएपछी छठी माताको प्रसाद बनाउनको लागी चुल्हो बनाउने तयारी हुन्छ । आज खास गरी ब्रतालु महिलाहरुले चोखो भई समुहमा छठी माताको महिमालाई गीतमार्फत वर्णन्न गर्दै माटो ल्याउन जान्छन ।
माटो खन्नेर समुहमा महिलाहरु ल्याएर एक ठाउँमा राख्छन र उनीहरु मध्ये एक जनाले चोल्हो बनाउने र बाकिले माटो बनाउने महिलालाई सहयोग गर्ने गर्छन भने गित पनि गाउछन । बनाईएको चुल्होलाई अछुता अर्थात कसैलाई छुन नदिने गरी महिलाहरु पालो पालो पहरादारी गर्नेगर्छन । आज माटो ल्याएको र भोलिदेखि चुल्हो बनाउने परम्परा छ । खर्नाको दिन तयार हुने चुल्होमा साझ पख ब्रतालुहरुले प्रसाद तयार गर्छन । जसलाई रसियाव रोटि भनिन्छ । त्यसको भोलि पल्ट त्यही चुल्होमा छठी माताको लागी ठकुवा लगायतको परिकार बनाएर मातालाई चढाउँनको लागी लगिन्छ । साभार: bishwasfm.com