Modern technology gives us many things.

पन्चबर्षिय गढिमाई मेलालाई व्यवस्थित बनाउन बिभिन्न ९ उपसमिति गठन

135
कलैया , १६ कार्तिक 
बाराको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा रहेको पञ्चवर्षीय गढीमाई मेलाका लागि ९ वटा उपसमिति बनाइएको छ।
मेला व्यवस्थापनका लागि गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिको बैठकले विभिन्न नौ वटा उपसमिति गठन गरेको छ। मुल समितिको शुक्रबार बसेको बैठकले मेलाको प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकमा रेशम तिवारीलाई चयन गरेको छ। तिवारी पत्रकार महासंघ बारा शाखाको अध्यक्ष समेत रहेका छन्।
जग्गा व्यवस्थापन उपसमितिको संयोजकमा जतिकर हुसेन चुरिहार, खानेपानी व्यवस्थापन समितिको संयोजकमा विश्वनाथ प्रसाद कुशवाहा, टेन्ट व्यवस्थापनमा चन्दन कुमार साह र मनोरञ्जन व्यवस्थापनमा गजेन्द्र जैसवाललाई संयोजकको जिम्मेवारी दिइएको छ।
यस्तै, विद्युत् व्यवस्थापन उपसमितिको संयोजकमा प्रभु प्रसाद, पार्किङ व्यवस्थापन उपसमितिमा उपेन्द्रप्रसाद जैसवाल, बलि व्यवस्थापन उपसमितिमा प्रमप्रसाद साह र विपद व्यवस्थापन उपसमितिमा रामजनम प्रसाद यादवलाई सँयोजकको जिम्मेवारी दिइएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले जानकारी दिएका छन्।
हरेक पाँच वर्षमा बरियारपुर स्थित गढीमाई मन्दिरमा मेला लाग्दै आएको छ। यसपालि आगामी मंसिर १ गतेबाट मेला लाग्ने भएको छ। मेलाको तयारी र व्यवस्थापनका लागि मूल आयोजक समितिले तयारी शुरु गरेको छ।
Leave a comment