इस्लामाबाद । इस्लामाबादको उच्च अदालतले अदियाला जेल अधिकारीहरूलाई जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई भेट्न अनुमति दिन आदेश दिएको छ ।
इस्लामावाद अदालतले एक सुनवाईको क्रममा जेलमा बन्द रहेका पूर्व पिएम खान संग भेट्न अनुमोदन गरेको एक मिडिया रिपोर्टले जनाएको हो ।
आइएचसीका न्यायाधीश सरदार एजाज इशाक खानले पीटीआई नेता उमर अयुब, असद कैसर र अन्यको अदियाला जेल सुपरिटेन्डेन्ट विरुद्ध खानसँग भेट्न अनुमति नदिने निवेदनको सुनुवाइ गरेका थिए, भेट्न व्यग्र रहेका पार्टी नेताहरुको पक्षमा अदालतको अनुमती आएको एक्सप्रेस ट्रिब्यून अखबारले रिपोर्ट गरेका छन् ।
अदालतको अवहेलना मुद्दामा शुक्रबार लिखित जवाफमा कारागार अधीक्षक असद वाराइचले दुई दिनअघि कारागारको पछाडिबाट हातहतियार बरामद भएको र दुईजना अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिएका थिए ।
श्रोतः पीटीआई