राजनीतिसमाचार

भारतीय रेल्वेले आफ्ना पर्यटकलाई पशुपतिको दर्शन गराउने

भारतीय रेलवे खान–पान एवम् पर्यटन निगम (आइआरसीटीसी) ले भारतका पर्यटकलाई पशुपति दर्शन गराउने घोषणा गरेको छ । भारतीय रेलको उपविभाग रहेको सो निगमले अयोध्या, वनारस, प्रयागराज हुँदै नेपालको पशुपतिको दर्शन गराउने घोषणा गरेको छ । पञ्जावबाट चैत १७ गतेदेखि सुरु हुने सो यात्रा चैत २६ गते नेपालको पशुपति आइपुग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्जावको जलन्धर रेल्वे स्टेशनबाट सो रेल यात्रा सुरु हुन्छ ।
अयोध्याको राममन्दिर, हनुमान गढी, सस्र्यु घाट, नन्दीग्राम, तुलसी मानस मन्दिर, संकटमोचन मन्दिर, काशी विश्वनाथ, वनारसी नदी किनारमा गंगा आरती, प्रयागराजको हनुमान मन्दिर हुँदै पर्यटकलाई जनकपुरको जानकी मन्दिरको दर्शन गरेर त्यहाँबाट पर्यटक बसमा काठमाडौँ आएर पशुपतिको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पशुपतिको दर्शनपछि उनीहरुले भक्तपुर दरवार स्क्वायर, स्वयम्भु लगायतका क्षेत्रको पनि भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । आइआरसीटीसीले भारत गौरव पर्यटकका लागि भारत–नेपाल टुरको घोषणा गरेको हो । यो भ्रमणको उद्देश्यले दुई देशको धार्मिक तथा पर्यटक क्षेत्रलाई जोड्ने विश्वास लिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button