पाकिस्तानी प्रधानमन्त्री सरिफलाई कोरोना सङ्क्रमण

85

काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ मङ्गलबार कोरोना सङ्क्रमित भएका छन् ।

सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताएकी हुन् ।

मन्त्री औरङ्गजेबका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको सल्लाहमा निगरानीमा रहेका छन् ।

यसैबीच पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a comment