Modern technology gives us many things.

मालपोत सम्बन्धि काम काज गर्न देवाताल बासीले बुझाए ज्ञापनपत्र

312

२० भाद्र बारा । मालपोत र नापी कार्यालय बाराले केही दिन अगाडि सिम्रौनगढ शाखाबाट देवतालको कामकाज हुने जानकारी दिए लगत्तै देवताल गाउँपालिकाका जनता जागरुक भएका छन् ।

पायक पर्ने ठाउँमा सुविधा नदिई अपायक पर्ने ठाउँमा सुविधा दिएर दु:ख दिने काम भएको ले देवताल गाउँपालिकाका स्थानीयबासी स्वस्फुर्तले जागरुक भएका छन् । देवताल गाउँपालिका को काम काज कलैया बाट न भए हामी देवताल बासी आन्दोलन मा जाने चेतावनी समेत दिएका छन ।

बारा जिल्लाको सदरमुकाम कलैयामा रहेको मालपोत तथा नापी कार्यालयबाट सेवा पाउँदै आएको देवताल गाउँपालिकाका जनताहरुले अब उप्रान्त भने सिम्रौनगढबाट सेवा पाउने विषयले पालिका भरीका जनप्रतिनधि तथा आमनागरिकहरु निकै आक्रोशित भएका छन्।

मालपोत को काम काज कलैया बाट गर्न र गराउन को लागि देवताल गा. पा को सेवा ग्राही राजनितीक दल का नेताहरु तथा जनताहरु ले भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैया को प्रमुख गोपाल प्रसाद बराल र प्रमुख जिल्ला अधिकारि कृष्णबहादुर कटुवाल लाई ज्ञापनपत्र बुझाए को छ ।

त्यसै गरि ज्ञापनपत्र बुझाउन को लागि देवताल गाउँपालिका को अध्यक्ष उदय प्रसाद यादव, वाडा न ४ का पुर्ब वाडा अध्यक्ष मिस्री लाल सहनी, वाडा न ४ का वाडा अध्यक्ष ललन कुमार यादव, वाडा न ५ का वाडा अध्यक्ष सुरेश साह, वाड न १ वाडा अध्यक्ष अरुन कुमार सिंह, नेता रामचन्द्र चौधरी, अबास अन्सारी, राजकिशोर पडित, पोषण गिरि, शुदर्शन पंडित, मदन कुमार सिंह, लगाएत को विशेष उपस्तिथि रहेको थिए ।

Leave a comment