धर्म/संस्कृतिमधेससमाचार

हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय बैठक ९ बूंदे निर्णय गर्दै बीरगंज सम्पन

बीरगंज, २७ जेष्ठ
हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालय कमिटिको ९ बूंदे निर्णय गर्दै गीता मन्दिर बीरगंजमा बैठक सम्पन भएको छ।केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा भएको बैठक सहभागी भएका पदाधिकारी, केन्द्रिय सदस्य,सल्लहकारहरुले आ-आफ्नो धारण राखेका थिए।बैठकमा बोल्दै परिषद अगुवाहरुले संगठन बिस्तार कार्य लाई तीब्रता दिने, हिन्दू राष्ट्रको लागी कार्य गर्ने संस्थाहरु संग एकता वा सहकार्य गर्ने,सनातन धर्म माथि आक्रमण गर्ने हरुको प्रतिकार र भंडाफोर गर्ने,सनातन धर्म रक्षाको लागी प्रशिक्षण कार्यक्रम संचालन गर्ने,अन्तरराष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने,गौ हत्या र तस्करी सम्बन्ध बिशेष अभियान संचालक गर्ने,हरेक स्थानीय निकाय तहमा गुरुकुल खोल्ने बाताबरण तैयार गर्ने र प्रेणना जागउने कार्य गर्ने,धर्म परिवर्तन मुक्त नेपाल अभियान लाई तीब्रता दिने,लबजिहाद बारे स्कूल,कलेज र समाजमा जनचेतना जगाउने कार्य गर्ने र आफ्नो मूल धर्ममा फिर्ता ल्याउने कार्य गर्ने एवं बाताबरण सृजना गर्ने लगायतको निर्णय गर्दै बैठक सम्पन भएको छ।गीता मन्दिर बीरगंजमा सम्पन केन्द्रिय सचिवालय कमिटिको बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,वरिष्ठ उपाध्यक्ष बिजय गुप्ता,सचिव सुनील गुप्ता,कोषाध्यक्ष संजय सरार्फ,प्रबक्ता सुरेश साह कानू, केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, चित्तरंजन श्रीवास्तव, अजिता देवी पटेल,संजय अग्रवाल, उमेश साह कानू, सचितानन्द दुबे,अधिवक्ता बिनोद प्रसाद कुर्मी,अरुण झा, रमेश रौनियार, किरण अग्रवाल, अमोद कुमार केवट,सल्लहकारहरु बाँकेबिहारी प्रसाद र शशिभूषण श्रीवास्तव लगातएको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button