अन्तराष्ट्रियस्वास्थ्य

चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भेला हुने

एजेन्सी । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को आयोजनामा हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भेला हुने भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा सम्मेलन हुनेछ । सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी हुने संघले जनाएको छ ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलनमा विश्वका सय भन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मीहरु भेला हुने बताएका छन् ।

एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो । सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतवार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ । डा. सापकोटाको संयोजत्वमा गठित सो समितिमा डा राजु अधिकारी ‘अष्ट्रेलिया’, नन्द गुरुङ ‘अष्ट्रेलिया’, डा सुनिल साह ‘युके’, डा बोधराज सुवेदी ‘पोल्याण्ड’, डा. शिवप्रसाद श्रेष्ठ ‘नेपाल’, डा. पदम सिम्खडा ‘युके’, डा. सागर पौडेल ‘नेपाल’, चाँदनी जेशवाल ‘नेपाल’, एलिजा केसी ‘जापान’, डा. नितेश अर्याल ‘कतार’, डा. ओम कुर्मी ‘युके’, डा. अलिनी पोखरेल सुवेदी ‘पोल्याण्ड’ रहेका छन् ।

यस्तै, समितिमा डा.. लुसुन चालिशे ‘जापान’, डा. प्रभात अधिकारी ‘नेपाल’, डा. प्रकाश श्रेष्ठ ‘अमेरिका’, डा. शर्मिला गुरुङ ‘हङकङ’, श्री प्रसुना कँडेल ‘युके’, डा. पुष्पराज भट्टराई ‘दक्षिण अफ्रिका’, डा. अनुज कँडेल ‘अमेरिका’, मनुजा केसी ‘अष्ट्रेलिया’, अनिशा भण्डारी ‘नेपाल’, डा. चिरन्जीबी भट्टराई ‘अमेरिका’, डा. उत्तम गाउँले ‘अमेरिका’, बाबुराजा महर्जन ‘न्यूजिल्याण्ड’, श्रेया गजुरेल ‘अमेरिका’, डा. सुहेल सापकोटा ‘नेपाल’, रिना केसी ‘अष्टेलिया’ रहेका छन् ।

‘विगतका वर्षहरूमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाहरूको घोषणा, साझेदारहरूसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा. सापकोटाले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button