समाचार

हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी

काठमाडौं, १३ कात्तिक । मोचु उपबेसिनको सिन्ताफु तालमा हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी आएको छ। 

हिमताल विस्फोटबाट लाखौँ घनमिटर पानी बाहिरिएपछि भुटानको जल तथा मौसम विज्ञान राष्ट्रिय केन्द्रले नदी किनारका क्षेत्रहरूमा सुरक्षा सतर्कता र अनुगमन तीव्र पारेको छ। 

भारतका असम र पश्चिम बंगालका केही भागलगायत छिमेकी क्षेत्रहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ। 

भुटान ब्रोडकास्टिङ सर्भिस जस्ता स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार नदीको जलसतह र पुललगायतका पूर्वाधारमा पुगेको क्षतिको निरन्तर अनुगमन भइरहेको छ । अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button