
काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनायो । कर्णालीका लागि धेरै पवन सर्राफले ३७ रन बनाए । गुलशन झाले १२ रन बनाए ।
जनकपुर बोल्टसका लागि हमितले तीन र राहुल यादवले दुई विकेट लिए ।



