समाचार

हवाई यात्रा गर्दा पावर बैंक बाेक्न भारतले लगायाे राेक

काठमाडाैं, २७ असाेज । भारतले हवाई यात्रा गर्दा पावर बैंक बाेक्न राेक लगाएकाे छ । 

भारतको नागरिक उड्डयन महानिर्देशानालयको एराेनटिकल इन्फर्मेसन सर्कुलरका अनुसार माेबाइल पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरुमा क्याबिन ह्यान्ड ब्याग, ब्यागेज वा कार्गाेको रुपमा बोक्न पूर्ण रुपमा प्रतिबन्धित गरिएको छ ।

नेपाल एयरलाइन्सले नेपालबाट भारत एवं भारतबाट नेपालतर्फ यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले साथमा पावर बैंक नलिई यात्रा गर्न अनुराेध गरेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button