कांग्रेस मुगु सभापतिमा तिलकबहादुर मल्ल

खड्क सुनार
असाेज, २५ मुगु । नेपाली कांग्रेस मुगुकाे देउवा समूहको मुगु जिल्ला अधिवेशनबाट युवा नेता तिलकबहादुर मल्ल सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
हालै सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । सभापति मल्लकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
उपसभापतिमा रमेश कुमार मल्ल र राम बहादुर रावत चयन भएका हुन । यस्तै सचिवमा हरि कुमार रावल , कुवेरजङग शाहि निर्वाचित भएकाे निर्वाचन तयारी समितिले जनाएको छ । सहसचिवमा शैलेन्द्र मल्ल र जङग ऐडि रहेकाे जिल्ला निर्वाचन अधिकृत रुद्र पाठकले बताए । उनका अनुसार नेपाली कांग्रेसकाे १५ ओैं नियमित महाधिवेशन तथा नवाै जिल्ला अधिवेशनबाट तिलकबहादुर मल्ल निर्विरोध निर्वाचित भएको उनले बताए ।
उनीसहित अन्य सदस्यहरु निर्वाचित भएका छन् । याे सँगै नियमित महाधिवेशनले प्रदेश क बाट सभापति जय बहादुर राेकाया , प्रदेश ख बाट ऐन बहादुर शाहि निर्विरोध निर्वाचित भएका हुन । यस्तै मुगुका चार वटै पालिकाका प्रमुख पनि निर्वाचित भएका छन । जसमा छायानाथ रारा नगरपालिमा दिप बहादुर बुढा , कार्माराेङ गाउपालिकामा पासाङ तामाङ , खत्याड गाउपालिका खड्ग खत्री , र साेरु गाउपालिका सुर्य बहादुर बम पालिका सभापतिमा निर्वाचित भएका हुन । देउवा समूहले कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।
कांग्रेसको देउवा समूहले हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाहीलाई जिल्ला सभापतिमा चयन गरेको शाहीले बताए ।



