समाचार

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं, २३ असोज । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

देशका पाँच जिल्लामा रहेका सहकारी ठगीमा मुछिएका रविको मुद्दा अझै अदालतमा विचाराधीन छ । महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेसँगै रुपन्देही, पोखरा, चितवन जिल्ला अदालतले फिर्ता लिएका छन् । अब रविविरुद्ध सहकारी ठगीको कसुर मात्र अदालतमा विचाराधीन छ ।

जिबी राईको गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न सहकारीको पैसा गएको र अपचलन गरेको कसुरमा रविविरुद्ध ठगी मुद्दा परेको हो । अदालतले रविलाई काठमाडौंमै विभिन्न अदालतमा रहेका तारेख बुझ्न सुविधा दिने निर्णय गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button