समाचार

नोबेल शान्ति पुरस्कारको घोषणा हुदैँ, ट्रम्पले पाउँलान त ?

काठमाडौं, २३ असोज। सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा आज नर्वेको राजधानी ओस्लोमा गरिदैँछ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विगत सात वर्षदेखि नोबेल पुरस्कार प्राप्त गर्ने प्रयासमा रहँदै आएका छन । उनलाई यो पुरस्कार दिने विषयमा सन् २०१९ मा चर्चा अझ बढेको थियो। त्यसबेला ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गरेका थिए । ट्रम्पका समर्थकहरूले यस कदमलाई दुई राष्ट्रबीचको तनाव कम गर्ने प्रयासका रूपमा व्याख्या गरेका थिए।

 

जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेकाे बताएका थिए । यसपटक ट्रम्पका साथै क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, पोप लियो चौधौँ र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको नाममाथि पनि चर्चा भइरहेको छ। नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेको राजधानी ओस्लोमा हुनेछ। 

 

गत वर्ष पनि ट्रम्पले आफूलाई नोबेल पुरस्कार प्रदान गर्नुपर्ने माग बारम्बार गर्नुभएको थियो। उहाँले भारत र पाकिस्तानबीचको द्वन्द्वसहित आठवटा द्वन्द्वहरू टारेको दाबी गरेका थिए । ट्रम्प स्वयंले आफूले शान्तिका लागि काम गरेको र नोबेल पुरस्कारको हकदार रहेको कुरा बारम्बार बताउँदै आएका छन । 

तर, सन् २०२५ को पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरिएकाे थियो। पछि माचाडोले आफ्नो नोबेल पदक ट्रम्पलाई हस्तान्तरण गरेर अचम्म लाग्दाे काम गरेकी थिइन । उनले भेनेजुएलाको स्वतन्त्रताका लागि ट्रम्पले गरेको सहयोगप्रति सम्मानस्वरूप यसो गरिएको बताएकी थिइन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button