समाचार

उद्योगपति विनोद चौधरीले कांग्रेस उपसभापतिमा दर्ता गराए उम्मेदवारी

काठमाडौं, २० असोज । उद्योगपति एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दिउँसो कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा खडा गरिएको निर्वाचन कार्यालयमा चौधरीले उपसभापतिको उम्मेदवारी मनोनयन गरेका हुन् ।

चौधरीले खुलातर्फको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसका एक वरिष्ठ, एक महिला र दुई खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिन सकिन्छ । चौधरीले समावेशीतर्फ उम्मेदवार दर्ता गरेका हुन् ।

उद्योग व्यवसायको क्षेत्रमा लामो समय बिताएका चौधरीले राजनीतिमा आफ्नो आगामी भूमिका खोज्दै गर्दा यसपटकको उम्मेदवारीलाई भने केवल पार्टीको एउटा पदका लागि गरिएको दाबीका रूपमा प्रस्तुत गरेका छैनन्। 

चौधरीको दाबीको केन्द्रमा अर्थतन्त्र छ। निजी क्षेत्र छ। लगानी र उत्पादन छ। रोजगारी सिर्जना छ। सबैभन्दा महत्त्वपूर्ण कांग्रेसले अब राजनीतिक परिवर्तनको नेतृत्व गर्ने पार्टीबाट आर्थिक रूपान्तरणको नेतृत्व गर्ने पार्टी बन्नुपर्ने उनको तर्क छ।

चौधरीको बुझाइमा नेपालले राजनीतिक परिवर्तनका धेरै चरण पार गरिसकेको छ। लोकतन्त्रका लागि संघर्ष भयो, संविधान बन्यो, शासन व्यवस्था परिवर्तन भयो तर राजनीतिक उपलब्धिलाई नागरिकको आर्थिक जीवनमा अपेक्षित रूपमा रूपान्तरण गर्न सकिएको छैन। 

युवाको ठूलो हिस्सा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था छ। लगानीकर्ता नीतिगत अनिश्चिततासँग जुधिरहेका छन्। निजी क्षेत्र र राज्यबीच अझै पूर्ण विश्वासको वातावरण बन्न सकेको छैन। त्यही भएर उनले पार्टीको पदाधिकारी तहमै रहेर निजी क्षेत्रमा काम गर्न चाहेको बताउने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button