बारामा सशस्त्र प्रहरीको कारबाही, नाै लाख ६९ हजारको सामान नियन्त्रणमा

बारा सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा बाराका विभिन्न स्थानबाट करिब १० लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराका अनुसार गण तथा मातहतका युनिटबाट परिचालित टोलीले छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीका क्रममा आईतवार ९ लाख ६९ हजार १७० रुपैयाँ मूल्यका विभिन्न सामग्री नियन्त्रणमा लिएको हो।
बरामद हुने सामग्रीमा रजनीगन्धा, कपडा, मोबाइलका पार्टपुर्जा, पिनट, डेरी मिल्क तथा स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान र पटका लगायत छन्।
गणका प्रवक्ता डीएसपी विक्रम मणि अधिकारीका अनुसार सीमाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि नियमित रूपमा निगरानी र चेकजाँचलाई तीव्र पारिएको छ।
प्रहरीले बरामद सबै सामग्री आवश्यक कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख बिष्णु भट्टको कडा निर्देशन पछि सिंगो प्रदेशमै सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा बिशेष सक्रियता देखाएको छ।



