समाचार

विषम परिस्थितिमा उदाएका ५ नायक: फ्लाईदुबई उडानभित्रको त्यो अविस्मरणीय कथा

काठमाडौँ, १६ असोज। दुबईबाट तेल अवीव जाँदै गरेको 'फ्लाईदुबई' को उडान एफ जेड १०७३ मा ओमानी सह-पाइलटले विमान दुर्घटना गराउने प्रयास गरे पछि साहसी यात्रु र चालक दलका सदस्यहरूले उक्त प्रयास विफल पारेकाे घटना यतिखेर चर्चामा रहेकाे छ । 

 

भारतीय पाइलट स्मित मच्छारमाथि सह-पाइलटले छुरा प्रहार गर्दै विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। गम्भीर घाइते अवस्थामा पनि मच्छारले देखाएको अदम्य साहसको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली समकक्षी बेन्जामिन नेतान्याहु लगायत धेरैले प्रशंसा गरेका छन् किनपनि भने पाइलट र अन्यकाे सावधानीका कारण फ्लाईदुबईको एउटा उडानमा मध्य आकासमै निम्तिन लागेको ठूलो दुर्घटना टरेको छ। १ सय ७४ जना यात्रु (जसमा २७ बालबालिका समावेश थिए) र ६ जना चालक दलका सदस्य बोकेको विमानलाई दुर्घटना गराउने सह-पाइलटको डरलाग्दो प्रयासलाई निष्फल पारिएको छ।

 

उडानका क्रममा सह-पाइलटले विमानलाई नियन्त्रणबाहिर लगेर दुर्घटना गराउन खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो। सोही क्रममा गम्भीर घाइते भएका मुख्य पाइलट मच्छरले अदम्य साहस र धैर्यता देखाउँदै ककपिटको ढोका खोल्न सफलता पाए। उनले समयमै अन्य चालक दलका सदस्यहरूलाई स्थितिबारे सचेत गराएपछि ठूलो विपत्ति टर्न पुग्यो।

 

उक्त संकटको घडीमा पाइलटलाई सघाउन विमानभित्रै रहेका अन्य चार जना यात्रुहरू, प्लम्बर, बैंकर, व्यवसायी र दन्त चिकित्सक तुरुन्तै अघि सरेका थिए। फरक-फरक पेसाका यी पाँचै जना नायकहरूको समयसूचकता, साहस र सहकार्यका कारण चालक दलले सह-पाइलटलाई नियन्त्रणमा लिन सक्यो र विमानलाई सुरक्षित अवतरण गराइयो। उनीहरूको यो बहादुरीपूर्ण कदमका कारण १८० जनाको अमूल्य जीवन जोगिएको छ। अहिले यी ५ जनालाई 'फ्लाईदुबई उडानका सच्चा नायक'का रूपमा हेरिएको छ।

 

यी हुन, बिमान सफल अबतरण गराउने ब्यक्तिहरूः

 

यानिभ हायुन
पेसाले प्लम्बर रहेका यानिभ हायुनले कथित सह-पाइलटको घाँटी समातेर पछाडि तानेका थिए। इजरायली प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको भिडियोमा तेल अवीव विमानस्थलमा नेतान्याहुले हायुनलाई भेटेको देखिन्छ। हायुन ओर्लिँदा उनको सर्टमा रगत लागेको भए पनि उनी स्वयं भने घाइते थिएनन्।

कुराकानीका क्रममा हायुनले आक्रमणकारीलाई नियन्त्रण प्रणाली (कन्ट्रोल) बाट हटाउन ककपिटमा छिरेको र विमानको उडान मार्ग सन्तुलनमा ल्याउन सहयोग गरेको बताए। "हामी ककपिट पुग्दा ढोका खुल्लै थियो। कप्तान मच्छारले बेहोस हुनुअघि नै असाधारण संयमता अपनाएर ढोका खोलिदिएका रहेछन्," उनले भने, "भित्र पस्दा आतंकवादी दुई सिटको बीचमा रहेको कन्ट्रोलमा बसेर त्यसलाई नष्ट गर्ने प्रयास गरिरहेको थियो।" हायुनले टेलिभिजन शो 'मेडे' हेरेर सिकेकै भरमा स्टेयरिङ पछाडि तानेर विमानलाई सन्तुलनमा ल्याएका थिए।

 

असाफ राजुआन र ज्विका मानेस
बीमा एजेन्सीका सञ्चालक असाफ राजुआन थाइल्यान्डमा बिदा मनाएर फर्किँदै थिए। उनले घटनालाई "डरलाग्दो चलचित्र" सँग तुलना गरे। "शौचालय नजिकैबाट चिच्याएको आवाज आयो। विमान ९० डिग्रीको कोणमा तल खस्न थाल्यो। ककपिट रगतले भरिएको थियो," उनले भने।

राजुआन, ज्विका मानेस (बैंक ल्युमीका अधिकारी) र अन्य यात्रुहरूले मल्टिमिडिया हेडफोनका केबलहरू प्रयोग गरेर आक्रमणकारीलाई बाँधेका थिए। मानेसका अनुसार, आक्रमणकारी निकै बलियो र उन्मादमा रहेकाले उसलाई नियन्त्रणमा लिन ठूलो शारीरिक बल प्रयोग गर्नुपरेको थियो। उनीहरूले ५० मिनेटसम्म आक्रमणकारीलाई नियन्त्रणमा राखेका थिए।

 

शोता मुसाएभ
उडानमा रहेका एक मात्र चिकित्सक, दन्त चिकित्सक शोता मुसाएभले सुरुमा आक्रमणकारीलाई रोक्न मद्दत गरे र लगत्तै कप्तान मच्छारको उपचारमा खटिए। "कप्तानको टाउको र हातमा गम्भीर घाउ थिए र अत्यधिक रक्तस्राव भइरहेको थियो। मैले रक्तस्राव रोक्न सफल भएँ," उनले भने।

मुसाएभका अनुसार, अत्यधिक रगत बगेर भुइँमा लडिरहँदा पनि कप्तान मच्छार होसमै थिए र उनीहरूसँग कुराकानी गरिरहेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा पनि विमानको भुइँमा रगतले लतपतिएका दुई व्यक्तिहरू देखिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button