राजनीतिसमाचारसमाज

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा अमृत गुरुङको नजर अब केन्द्रीय सदस्यमा

चितवन ,नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता अमृत गुरुङ अब पार्टीको केन्द्रीय सदस्य बन्ने तयारीमा जुटेका छन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि गुरुङले पार्टीका केन्द्रीय तथा चितवनका नेताहरूसँग छलफल र परामर्शलाई तीव्र बनाएका छन्। युवाको प्रतिनिधित्वलाई प्राथमिकता दिँदै आगामी अधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारीमा उनी रहेको बताइएको छ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि गुरुङले आफूलाई विश्वास गरी विजयी गराउने क्षेत्रीय प्रतिनिधि, चितवनका आमा–बुबा तथा युवा साथीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले प्राप्त विश्वासलाई आगामी राजनीतिक यात्राको जिम्मेवारीका रूपमा लिँदै संगठन सुदृढीकरण र युवाको सहभागिता बढाउन सक्रिय रहने बताएका छन्।

चितवन कांग्रेसका नेता तथा एनआरएनए आईसीसीका उपाध्यक्ष प्रविन गुरुङले अमृत गुरुङलाई अब पार्टीको केन्द्रीय नेतृत्वमा अगाडि बढाउनुपर्ने चितवन वासीको आवाज रहेको बताएका छन । उनका अनुसार चितवनसहित देशभरका युवामाझ गुरुङप्रति सकारात्मक धारणा रहेको छ।

“युवालाई नेतृत्वमा अगाडि बढाउनुपर्छ। अमृत गुरुङजस्तो युवालाई केन्द्रीय तहमा अवसर दिन सके पार्टीमा नयाँ ऊर्जा थपिन्छ,” प्रविन गुरुङले भने।

महाधिवेशन प्रतिनिधिमा प्राप्त सफलतापछि गुरुङको राजनीतिक लक्ष्य अब केन्द्रीय सदस्यतर्फ केन्द्रित भएको छ। आगामी अधिवेशनमा उनको सम्भावित उम्मेदवारीलाई कांग्रेसभित्र युवाको नेतृत्व विकाससँग जोडेर हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button