समाचार

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

काठमाडौं, ११ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले माननीय सांसदहरूका स्वकीय सचिव (पर्सनल सेक्रेटरी) हरूका लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

 

जनप्रतिनिधिको संसदीय भूमिकालाई अझ प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।

 

संसदीय अभ्यास केवल सदनभित्रको उपस्थितिमा मात्र सीमित नहुने र सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार सचिवालय एवं स्पष्ट कार्यप्रणालीले सांसदहरूको कार्यसम्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरालाई मध्यनजर गर्दै कार्यसम्पादनमा थप निखार ल्याउन यो अभिमुखीकरण सञ्चालन गरिएको पार्टीले जनाएको छ।

 

कार्यक्रममा मुख्य सचेतक शकविन्द्र बुर्लाकोटीले पार्टीको वैचारिक दृष्टिकोण, साङ्गठनिक अनुशासन तथा स्वकीय सचिवहरूको पदीय जिम्मेवारी र दायित्वबारे स्पष्ट पारेका थिए ।

त्यसैगरी, सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको संस्थागत भूमिका, संसदीय अभ्यासमा यसको महत्त्व र सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सचिवालयले पुर्‍याउने योगदानबारे प्रकाश पारे ।

 

कार्यक्रमका क्रममा अर्की सचेतक क्रान्तिशिखा धितालले स्वकीय सचिवहरूले दैनिक कामका सिलसिलामा भोग्नुपरेका व्यावहारिक चुनौती, प्रश्न तथा जिज्ञासाहरूमाथि अन्तरक्रियात्मक छलफल गर्दै आवश्यक विषयहरूमा स्पष्टता प्रदान गरेकी थिइन  ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button