समाचार

एसियाडः कराँते काताकी सानुमाया पहिलो खेलमै पराजित

काठमाडाैं, ४ असाेज । जापानको नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत कराँते काताकी खेलाडी सानुमाया थिङ आफ्नो पहिलो खेलमै पराजित भएकी छिन्।

 

आइतबार गिफु प्रिफेक्चरस्थित तोयोहाशी जिम्नेसियममा भएको अन्तिम १६ को प्रतिस्पर्धामा सानुमाया दक्षिण कोरियाकी चो हाउनसँग ५–० को सोझो अंकले पराजित भएकी हुन्। यस पराजयसँगै व्यक्तिगत कातातर्फ नेपालको पदक सम्भावना सकिएको छ।

 

कराँतेका खेलहरू हिजाेदेखि सुरु भएका हुन्। अब काताको टिम इभेन्टमा भने सानुमायासँगै अलिशा रास्कोटी मगर र मेघा लिम्बूको प्रतिस्पर्धा बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button