समाचार

आरोप प्रमाणित गर्न लिङ्देनसमक्ष राप्रपा बागमती प्रदेश समितिको माग

काठमाडौं, ३१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना प्रदेश सांसदहरूमाथि लगाइएको आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।

राप्रपा बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रमबहादुर थापाद्वारा हस्ताक्षरित पत्रमार्फत अध्यक्ष लिङ्देनले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने आफ्नै पार्टीका निर्वाचित सांसदहरूलाई लक्षित गरी ‘भेडा(बाख्राजस्तै बिके’ तथा ‘अर्काको ओछ्यान तताउन गए’ जस्ता अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइएको छ।

‘राजनीतिक निर्णयप्रति असहमति राख्न पाउने अधिकार सबैलाई हुन्छ। तर आफ्नै पार्टीका निर्वाचित जनप्रतिनिधिलाई ुबिकेकोु भन्ने गम्भीर आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्ने दायित्व पनि आरोप लगाउने पक्षकै हुन्छ,’ पत्रमा भनिएको छ ।

प्रदेश समितिले अध्यक्ष लिङ्देनसमक्ष ‘को बिक्यो’ ? ‘कति रकममा बिक्यो’ ? ‘कसले किन्यो’ ? ‘कहिले, कहाँ र कसरी लेनदेन भयो’ ? र ‘त्यसको प्रमाण के हो’ ? भन्दै २४ घण्टै अल्टिमेटम दिएको छ। 

आरोप तथ्य र प्रमाणमा आधारित भए २४ घण्टाभित्र प्रमाण सार्वजनिक गरी दोषीमाथि पार्टी विधानअनुसार कारबाही गर्न माग गरिएको छ। प्रमाण नभए उक्त अभिव्यक्ति तत्काल फिर्ता लिई सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने अडान पत्रमा लिइएको छ।

पत्रमा अध्यक्ष लिङ्देनको विगतको निर्णय र व्यवहारमाथि पनि प्रश्न उठाइएको छ। कोशी प्रदेशमा सभामुख पद कायम राख्ने निर्णय र गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णयको प्रसंग उल्लेख गर्दै प्रदेश समितिले सोधेको छ- ‘आफूले गर्दा परिस्थितिजन्य राजनीतिक निर्णय, अर्काले गर्दा बिकेको, यस्तो दोहोरो मापदण्डले राजनीतिक नैतिकता र नेतृत्वको स्तरमाथि नै प्रश्न उठाउँछ।’ 

साथै, पार्टीभित्र फरक मत राख्ने नेता(कार्यकर्तामाथि व्यक्तिगत लाञ्छना लगाउने प्रवृत्ति अन्त्य गरी विधि, विधान, पारदर्शिता र राजनीतिक मर्यादा कायम राख्न, बागमती प्रदेश सदस्यहरूमाथि गरिएको कारबाही तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button