समाचार
सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही, ३१ भदौ । सर्लाहीको बागमतीमा मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बागमती नगरपालिका–४ गोले टोलमा परेको चट्याङ लागेर सोही स्थानका ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनामा हस्तबहादुर बम्जनकी ११ वर्षीया छोरी प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते भएका छन्। घाइते प्रितीमालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने अर्का घाइते पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए।



