समाचार

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

काठमाडौं, ३० भदौ । नेपाल र माइक्रोनेसियाबीच सोमबार औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

माइक्रोनेसियासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकको संख्या १८५ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस लिपवेले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतहरूले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

साथै, संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उनीहरूले जोड दिए ।

नेपालले माइक्रोनेसियासँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै संयुक्त राष्ट्रसंघ तथा अन्य बहुपक्षीय मञ्चमा साझा प्राथमिकता र हितका विषयमा सहकार्य अघि बढाउने अपेक्षा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button