समाचार

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

 विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पुनः आफ्नो पदमा बहाल भएका छन्।

 

अदालतको निर्णयसँगै सिंहलाई नगर प्रमुखको जिम्मेवारीमा पुनःबहाली गरिएको हो।

 

विशेष अदालतले सिंहलाई मुद्दाबाट सफाइ दिएसँगै केही समयदेखि महानगरको नेतृत्वलाई लिएर देखिएको अन्योल अन्त्य भएको छ। सिंह पुनःबहाल भएसँगै उनका समर्थक, शुभेच्छुक तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिएका छन्।

 

समर्थकहरूले अदालतको फैसलालाई ‘न्यायको जित’ का रूपमा स्वागत गरेका छन्। उनीहरूले ‘न्याय मरेको छैन, सत्यको जित भएको छ’ भन्दै न्यायमूर्तिहरूप्रति सम्मान तथा आभार व्यक्त गरे। सिंहको आगमनसँगै वीरगञ्ज महानगरपालिकाको विकास, सेवा प्रवाह र जनअपेक्षाअनुसारका काम सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

 

यसअघि, अर्काको छोरीलाई आफ्नै छोरी भनी नागरिकता बनाएको आरोपमा उनीमाथि मुद्दा चलेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button