सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

काठमाडौं, १८ भदौं । नेकपा एमालेवाट राष्ट्रियसभा सांसद रामकुमारी झाक्रीले सुरक्षाकर्मी र स्थानिय तहका अधिकारीको तलब नकटाउन अनुरोध गरेकी छिन् ।
सरकारले प्रधानमन्त्री दैवी उद्दार कोषमा राख्न लगाएकोमा असन्तुष्टी जनाउँदै सांसद झाक्रीले सुझाव दिएकी हुन् ।
एमालेका सांसदले आधा महिनाको तलव भत्ता प्रम दैवी प्रकोप राहत कोषमा जम्मा गरिसेको र अन्य दलहरूले पनि यस्तो निर्णय गरिसकेको उल्लेख गर्दै सरकारले पनि निजामति र अन्य सार्वजनिक संस्थानका राष्ट्रसेबक कर्मचारीहरुले पद र तह अनुसार १० दिन सम्मको तलब दिने निर्णय भईसकेको स्मरण गराएकी छिन् ।
‘तर, यो बिपदमा परिचालित नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, राष्ट्रिय अनुसन्धान र डेडिकेटेड रूपमा विपदमा खटिनु भएका निजामतिः प्रदेश र स्थानीय तहका कर्मचारी साथिहरूलाई सम्मान थप प्रोत्साहनको लागि उहाँहरूको तलव नकटाउ,’ उनले भनेकी छिन, ‘प्रम दैवीप्रकोप कोषमी पैसा हाल्न नलगाउ।



