समाचार

संसदीय समितिमा पुस्तकालय नीतिवारे छलफल हुने

काठमाडौं, १० भदौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । 

 

जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।

 

उता, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा  संक्रामक पशु रोग (नियन्त्रणं) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button