समाचार

आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा

काठमाडौं, १० भदौं । मोहम्मद जयन्तीको अवसरमा नेपाली इस्लाम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा दिइएको छ ।

 

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार बुधबार मोहम्मदजयन्तीका दिन इस्लाम धर्म मान्ने मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको हो ।

 

०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मदजयन्तीका अवसरमा नेपाली इस्लाम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ ।

 

सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सरकारले बिदा दिने निर्णय गरेको मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

 

‘ईद- ए-मिलाद’ का रूपमा पनि चिनिने ‘ईद-मिलाद-उन-नबी’ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मको सम्झनामा मनाइने पर्व हो। पैगम्बरको उदारता, करुणा र शिक्षाहरूको स्मरण गराउने भएकाले यसलाई नेपाललगायत विश्वभरीका मुस्लिमहरूका लागि एक महत्त्वपूर्ण दिन मानिन्छ।

 

पैगम्बर मोहम्मदका शिक्षाहरू समुदायका लागि लाभदायक साबित भएका छन्। 'नबी डे', 'मौलुद', 'मोहम्मदको जन्मदिन' वा 'पैगम्बरको जन्मदिन' यस पर्वका अन्य नामहरू हुन्। यस वर्षको पर्व मनाउनका लागि आफ्नो घरलाई भित्ते सजावटका सामग्री र सुन्दर अरबी सुलेखन (क्यालिग्राफी) भएका चित्रहरूले सजाउने गरिन्छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button