मधेसराजनीतिसमाचारसमाज

नेपालकै पहिलो बज्जिका उपन्यास ‘प्रतिमा’का लेखक निर्विज सम्मानित।

सर्लाही। बज्जिका भाषाका प्रखर उपन्यासकार विजय यादव ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान–२०८२बाट सम्मान गरिएको छ। बज्जिका साहित्य समाज सर्लाहीको आयोजनामा मलंगवामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह तथा समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले निर्विजलाई सम्मान–पत्र प्रदान गरे।

‘निर्विज’ नेपालकै पहिलो बज्जिका उपन्यास **‘प्रतिमा’**का लेखक हुन्। अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका उनले लेखेको उपन्यास २०७९ सालको मधानी महोत्सवमा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरेका थिए।
युवा पुस्ताबाट लोकप्रिय निर्विज फतुवा–विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी पनि भइसकेका छन्। हाल उनी आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा सक्रिय छन्।

कार्यक्रममा नेपाल–भारतका विभिन्न साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको कार्यक्रमका सचिव मुकेश मिश्रले जानकारी दिए।

समारोहमा साहित्यकार, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button