काभ्रेको पनौतीमा नेपाल सम्वत् ११४६ अर्थात लसताय् भिंतुना विविध कार्यक्रम गरी मनाइएको छ ।
यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका हुन् ।




















