समाचारसमाज

गम्हरिया फाउन्डेसनद्वारा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न

गम्हरिया, बारा – गम्हरिया फाउन्डेसनको पहलमा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न

गम्हरिया फाउन्डेसनको पहल र सहयोगमा शनिबार गम्हरियामा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय युवा, सामुदायिक अगुवा, किसान तथा फाउन्डेसनका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत फेटा गाउँपालिका–७ अन्तर्गत गम्हरियाको लुकही माइदेखि कन्चनपुर कुकुरभुका पोखरीसम्म सडक किनार तथा सार्वजनिक स्थलहरूमा सयौँ विभिन्न प्रजातिका फलफूल र छायादार बिरुवा रोपिएका छन्।

फाउन्डेसनका प्रतिनिधिहरूले वृक्षारोपणसँगै यसको संरक्षण र दीर्घकालीन हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, यस्तो हरित अभियानले वातावरणीय सन्तुलन कायम गर्न, प्रदूषण नियन्त्रण गर्न र स्थानीय जनजीवनमा दीर्घकालीन लाभ पुर्‍याउनेछ।

फेटा गाउँपालिका–७ गम्हरियाका सामाजिक अभियन्ता राजकिसोर साहले भने, “सानो बिरुवा भविष्यमा ठूलो छाया, स्वच्छ हावा र जीवनका लागि आधार बन्न सक्छ।”

यस्तै, गम्हरिया फाउन्डेसनका सहकर्मी अभय तिवारीले यस वृक्षारोपण अभियानले भविष्यका पुस्ताका लागि हरियाली र स्वस्थ वातावरण निर्माणमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सबैलाई सक्रिय सहभागिताको आह्वान गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button