क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशनमा चितवन खैरैनीका विष्णु चौधरीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
पाँच वर्षदेखि मलेसियामा कार्यरत चौधरी विभिन्न सामाजिक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहँदै आएका छन्। उम्मेदवारी दर्तापछि उनले आगामी कार्यकालमा संस्थालाई नयाँ धार र गतिशीलतासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उपाध्यक्ष प्रत्याशी चौधरीलाई इमानदार, स्वच्छ छवि र सामाजिक जिम्मेवारीबोध भएका युवा उम्मेदवारका रूपमा हेरिएको छ।
