बिमल कुमार रानाको एनआरएनए मलेसिया उपाध्यक्षमा उम्मेदवारी

22

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशनमा बिमल कुमार रानाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

करिब एक दशक लामो मलेसिया बसाइमा सामाजिक कार्यमा सक्रिय रहँदै आएका राना संस्थागत गतिविधिमा पनि निरन्तर संलग्न हुँदै आएका अनुभवी उम्मेदवार मानिन्छन्। विभिन्न पदमा रहँदै योगदान पुर्‍याइसकेका उनले गत कार्यकालमा महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए।

यसपटक उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका रानाले श्रमजीवीमैत्री संस्था निर्माणका लागि व्यावहारिक कार्ययोजना सहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “संघलाई सदस्यमैत्री र प्रभावकारी बनाउन योजनाबद्ध ढंगले काम गर्न आवश्यक छ,” उम्मेदवारी घोषणा गर्दै उनले बताएका छन्।

Leave a comment