अन्तराष्ट्रियमधेसराजनीतिसमाचार

मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया प्रस्थान, कामदारसँग प्रत्यक्ष भेटघाट गर्ने।

काठमाडौ  — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको लागि आज मलेसिया प्रस्थान गरेका छन्।

मुख्यमन्त्री सिंहको यस भ्रमणका क्रममा मलेसियामा कार्यरत नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनले कामदारहरूको अवस्था, समस्या र अनुभवबारे जानकारी लिनुका साथै विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

प्रदेश सरकारका अनुसार, सिंहको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको वास्तविक स्थिति बुझ्न र तिनका समस्या सम्बोधन गर्ने दिशामा पहल गर्न महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।

यसैबीच, मुख्यमन्त्री सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश सरकारले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button