एनआरएनए मलेसियाले हरितालीका तीज विशेष च्यारिटी साँझ कार्यक्रम गर्ने।

32

क्वालालम्पुर, मलेसिया —
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आयोजनामा हरितालीका तीज विशेष सांगीतिक कार्यक्रम हुने भएको छ। परम्परागत रूपमा मनाइँदै आएको नेपाली संस्कृति र मौलिक चाडपर्वलाई प्रवासमै पनि सम्बर्द्धन गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यसपटक पनि महिला दिदीबहिनीसँगै विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। नायिका तथा मोडल मिशेल घिमिरे, गायिका एंजिला रेग्मी, नायिका तथा मोडल झरना रिसाल, डान्सर वर्षा राई र डान्सर सामा देवान सहितका कलाकारहरूले तीजको उल्लास थप्नेछन्।

यस च्यारिटी साँझबाट संकलित सहयोग रकम मलेसियामा जेलमा परेका तथा अस्पतालमा उपचार अभावमा अलपत्र परेका नेपालीहरूको सहयोगमा खर्च गरिने एनआरएनए मलेसियाले जनाएको छ।

त्यसैगरी, मलेसियामा रहेका नेपाली चेलीबेटी र नेपाली राजदूतावासका महिला कर्मचारीलाई कार्यक्रममा सहभागी भई तीजको सांगीतिक माहोल र सांस्कृतिक एकताको आनन्द लिन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम होटल ग्रान्ड कन्टिनेन्टल, क्वालालम्पुरमा बेलुकी ६ बजेदेखि राति १० बजेसम्म हुने तय भएको छ।

Leave a comment