जनउद्वार केन्द्र मलेसियाद्वारा हरितालीका तीज तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न।

89

क्वालालम्पुर, मलेसिया —जनउद्वार केन्द्र मलेसियाले पेनाङ राज्यमा आयोजना गरेको हरितालीका तीज विशेष सांगीतिक तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली समाजमा महिलाहरूको महत्वपूर्ण चाडका रूपमा मनाइने तीजलाई परदेशमै पनि उतिकै उल्लासपूर्वक मनाउने उद्देश्यले प्रत्येक वर्षझैं यसपालि पनि कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली परम्परागत भेषभूषा, नाचगान र सांगीतिक प्रस्तुतीहरूले सहभागीलाई मन्त्रमुग्ध पारे। महिलाहरूले हरित पहिरन र रातो चुरा–पोट्कीमा सजिएर तीजका भाकामा नाच्दा माहोल झनै रमाइलो बनेको थियो।

विशेष अवसरलाई झनै औपचारिक बनाउन नेपाली राजदूतावास मलेसियाबाट यसोदा अधिकारी, एकता अवस्थि, निर्मला के.सी आचार्य लगायतको उपस्थिति रहेको थियो। साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रह्यो।

जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाले कार्यक्रममा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता र उत्साह देख्दा आफू अत्यन्त प्रसन्न भएको बताए। उहाँले परदेशमा बसेर पनि नेपाली चाडपर्वलाई निरन्तरता दिनु सबै नेपालीहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो स्तरमा कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे।

सांगीतिक प्रस्तुतिसँगै सहभागीहरूले परम्परागत परिकारसहित दर खाने अवसर पाए, जसले परदेशमा नेपालीपनको झल्को दिलायो।कार्यक्रम आइतबार पेनाङस्थित Sunshine Square Penang मा सम्पन्न भएको हो। 

Leave a comment