मधेससमाचारसमाजस्थानीय

गम्हरिया फाउन्डेसनको प्रथम बैठक सम्पन्न

बारा, अषाढ ७ : मधेस प्रदेशको बारा जिल्लाको फेटा गाउँपालिका अन्तर्गत टोल गम्हरियामा शनिबार गम्हरिया फाउन्डेसन बाराको आयोजनामा फेटा गाउँपालिकाका सातवटै वडाका युवाहरू सहभागी भएको समन्वयात्मक प्रथम बैठक सम्पन्न भएको छ।
बैठकमा गाउँपालिकाभित्र देखिएका विविध समस्या, चुनौतीहरू तथा तिनको दीर्घकालीन समाधानबारे गहन छलफल भएको थियो। सहभागीहरूले आ–आफ्नो क्षेत्रका सफल अभ्यासहरू, सामना गरेका समस्याहरू र तिनको समाधान अनुभव साझा गरे।
कार्यक्रममा इन्जिनियर दिपक साहले युवाबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याउँदै भने, “स्थानीय विकासमा युवाहरूको सक्रियता अत्यावश्यक छ।” उनले समन्वयात्मक रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता पनि जोड दिए।
त्यसैगरी, गम्हरिया फाउन्डेसनको लक्ष्य, उद्देश्य, समिति, कर्तव्य तथा कार्यक्षेत्रबारे अभय तिवारीले विस्तृत रूपमा जानकारी प्रस्तुत गरे।
फेटा गाउँपालिका अन्तर्गत सञ्चालित श्री शुभ लक्ष्मी बचत सहकारीका व्यवस्थापक प्रधुमन साहले आफ्नो धारणा राख्दै सहकारीको योगदानबारे उल्लेख गरे।
सामाजिक अभियन्ता र सामाज सेवि राजकिशोर साहले फाउन्डेसनको उद्देश्यलाई विभिन्न उदाहरणसहित प्रष्ट पारे।
त्यस्तै, फेटा गाउँपालिकाका कृषि, पशुपन्छी तथा सहकारी प्रशिक्षक सञ्जय कुशवाहाले गम्हरिया फाउन्डेसनलाई दीर्घकालीन रूपमा कसरी जनताको समस्या समाधानतर्फ नीतिगत रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा उदाहरणसहित प्रस्तुति दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button