पत्र-पत्रिकापत्र-पत्रिकामधेसराष्ट्रियसमाचारसमाज

बारामा जनचेतना खबरको कार्यालय समुद्घाटन भव्य रुपमा सम्पन्न।

बारा। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतीबागमा कटवासी माई मिडियाद्वारा सञ्चालित जनचेतना खबर अनलाइनको र जनचेतना खबर साप्ताहिक पत्रिकाको विधिवत रूपमा मोतीबाग स्थित खौराही रोडको छेउमा कार्यालयको उद्घाटना भएको हो।

देशको सञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको जनचेतना खबर ले आफ्नो नयाँ कार्यालयको उद्घाटन एक समारोहबीच सम्पन्न गरेको छ उक्त कार्यक्रमको उद्घाटन समारोहलाई  बारा जिल्लाका युवा नेताहरूको उपस्थितिमा रिबन काटी उद्घाटन गरिएका थिए।

अतिथिहरूले उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनचेतना खबरले सत्य, निष्पक्ष र जिम्मेवारीको साथमा पत्रकारिताको मार्ग अपनाउने विश्वास व्यक्त गर्नुभएको थियो जस्तो देवलोकमा चित्रगुप्तले निष्पक्ष पत्रकारको लेख गरेर देवलोकमा र युग युगमा नाम आफ्नो उच्च स्तरमा पुर्‍याउने  कार्य गर्नुभएको थियो।

कार्यक्रममा यस जनचेतना खबरका सञ्चालक श्यामल कुमार गिरीले कार्यालय स्थापनाको उद्देश्य र भावी योजनाहरूको बारेमा प्रकाश गर्दै, हामी नागरिकको आवाजलाई प्राथमिकता राखेर अगाडि बढ्छौ, र सत्य तथ्य निष्पक्ष समाचार सम्प्रेषण गर्छौं भनी प्रतिबद्धता गरेका हुन्।

त्यसैगरी सञ्चार क्षेत्रमा यस जनचेतना खबरले छुट्टै आफ्नो पहिचान बनाउनछन् भने आशा विश्वास गरेका छन्। कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको थियो।

विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य पारस साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मनसुर, नेपाल पत्रकार महासंघ बारा उपाध्यक्ष पानालाल दास, नेपाल पत्रकार महासंघ बारा कार्यकारणीय सदस्य नरेश गुप्ता,राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा, माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियार, जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार सिंह, जनमत पार्टीका मधेस प्रदेश उपाध्यक्ष सन्तोष पटेल, नेपाली कांग्रेस तरुण दल बारा अध्यक्ष दिपेन्द्र पटेल, विवेकशील साझा पार्टीका युवा नेता अधिवक्ता डाक्टर सुशील  साह, नेपाली कांग्रेस युवा नेता प्रविन सिंह पटेल, इन्जाद अन्सारी, राजकिशोर साह, लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमलाई पूजा अर्चन बाराका चर्चित आचार्य श्री नन्दकिशोर भारद्वाज्य, नरेन्द्र मिश्राद्वारा पूजापाठ गरी  हिन्दू परम्पराअनुसार उद्घाटन समारोह सम्पन्न भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button