नेपाल तामाङ जोहोर क्षेत्रीय कार्यसमिति जोहोरको अधिवेशन हुँदै ।

क्वालालम्पुर  नेपाल तामाङ घेदुङ प्रवास शाखा जोहोर क्षेत्रीय समिति मलेसियाको तेसो अधिवेशन हुने भएको छ।

“विश्व भरी छरिएर रहेको तामाङ हरु एक हौं” भन्ने मुल उदेश्यको साथ क्षेत्रीय कार्यसमितिको तेस्रो अधिवेशन अगामी अप्रील ६ तारिखको दिन एन आर एन ए क्षेत्रीय कार्यसमितिको सभाहलमा हुने भएको हो। जोहोर क्षेत्रीय कार्यसमिति बिगत लामो समय देखि निष्क्रिय रहेको थियो भने पुन संचालनमा ल्याउन अधिवेशन गर्न लागेको आयोजक कमिटीले जानकारी दिएको छ।

उक्त कार्यक्रममा एन आर एन ए राष्ट्रिय समन्वय समिति मलेसियाको अध्यक्ष राकेश प्रसाद महतोको प्रमुख आतिथ्य र घेदुङ मलेसियाको अध्यक्ष बिक्रम वाईबा तामाङ्को बिशेश अतिथ्यमा सम्पन्न हुने भएको अधिवेशन संयोजक मंगल दोङ तामाङले जानकारी गराए।
त्यस्तै उक्त कार्यक्रममा स्थानीय कलाकारहरुकोन्पनी प्रस्तुति रहने भएकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *