पेनाङ एफ सी द्वारा आयोजीत पेनाङ गोल्डकपको आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रन्सफरको  मुख्य प्रायोजन।

क्वालालम्पुर:=मलेसियाको पेनाङ राज्यमा हुने दोस्रो पेनाङ गोल्ड कपमा अतिथिको रुपमा महिला फुटबल स्टार प्रीती राई आउने भएकी छिन।

पेनाङ एफ सी द्वारा आयोजीत उक्त गोल्डकपमा  आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रन्सफरको  मुख्य प्रायोजनमा ३१ मर्च २०२५ देखि अप्रील  १ तारिख सम्म पेनाङ राज्यको स्टडियम मिनि  प्रमाताङ रावामा संचालन हुने भएको हो।
त्यस्तै उक्त खेलमा अतिथिको रुपमा प्रीती राई सँगै नेपाली फूटबलका हस्ती हरि खड्का,नेपाली महिला फूटबल  टिमकि अनु बस्नेतको पनि उपस्थित हुने पेनाङ एफ सी को सचिव शिव खड्काले जानकारी दिए। 

त्यस्तै यश प्रतियोगिता मलेसियामा हुने नेपाली फूटबल प्रतियोगिता मध्यकै दोस्रो ठूलो प्रतियोगिता रहेको र यश प्रतियोगितामा प्रथम हुने टोलिले मलेसियन रिंगेट आर एम ३० हजार र दोस्रो हुने टोलि आर एम १५ हजार रिंगेट राशीको पुरस्कार पाउने भएको छ भने उक्त कपमा मलेसिया भरी रहेको १८ वटा टोलिले भाग लिने भएको आयोजक कमिटीले जानकारी गराए। 

साथै उक्त खेलमा मनोरञ्जन दिनको निमित्त नेपालबाट कलाकार बिजय पुन,चाहाना मगर र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *