अपराधमधेस

श्रीनारायणको हत्या गर्ने सोथाई पक्राउ

बारा , १६ कार्तिक 
बारामा कार्तिक ७ गते ५५ वर्षिय पुरुषको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ सेमरा तेगछीयाका ५५ वर्षिय भूमी सुधार भन्ने श्रीनारायण प्रसाद यादवको कार्तिक ७ गते बेलुकी ८ बजे गर्दनमा धारिलो हतियाार(खुकरी)ले प्रहार गरी हत्या भएको थियो ।
यादवको गर्दनमा खुकुरीले प्रहार गरी हत्या गर्ने यादवकै गाँउका ६४ वर्षिय सोथाई खाँ थारुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र खड्काले थारुलाई यादवको हत्या भएकै दिन पक्राउ गरिएको बताएका छन् ।
घरबाटै पक्राउ गरिएका थारुले जग्गा सम्बन्धि पुरानो रिसबीका कारण यादवको हत्या गरेको बयान प्रहरीलाई दिएको प्रहरी उपरीक्षक खड्काले बताएका छन् । साथै थारुले यादवको जग्गा वर्षौदेखि अँधियामा कमाउँदै आएका थिए । वर्षौदेखि आँफुले अँधियामा कमाउँदै आएको जग्गामा मोही हक लाग्ने भन्दै थारुले भनेपछि यादवले आफनो जग्गा थारुबाट फिर्ता लिएका थिए । त्यसैको आक्रोशमा थारुले यादवको हत्या गरेको बताएका छन्।
यादवको हत्यामा थारुले प्रयोग गरेको खुकुरी भने थारुले आफनै घर पछाडिको झाडीमा लुकार राखेको अवस्थामा बिहीबार बिहान बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। पक्राउ परेका थारुलाई प्रहरी हिरासतमा राखेर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको उनले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button