मधेसराजनीतिसमाचार

अखिल क्रान्तिकारी बाराको १४ औँ सम्मेलनबाट नयाँ कार्यसमिति चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारी बाराको १४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित १४ औं सम्मेलनले सन्दिप यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

३९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा अखिल पटेल र दिपेन्द्र यादव चयन भएका छन् । अध्यक्षका लागि सन्दिप यादव र अखिल पटेलबीच लामो छलफल चलेको थियो । लामो छलफलपश्चात सहमती भएको थियो । उपाध्यक्षमै लक्ष्मी लम्साल, अमित यादव र दिपक यादव पनि चयन भएका छन् । सचिवमा शुशिल माली, सहसचिवमा सोनु पटेल, अमृता सापकोटा, साहाबोदिन आलम, प्रियंका सरार्फ र कोषाध्यक्षमा निलम राम मनोनित भएका छन् ।

सदस्यमा प्रदिप माली, सहाबुदिन ठकुराई लगायत ३९ सदस्य रहेको नवमनोनित उपाध्यक्ष अखिल पटेलले जानकारी दिए । जिल्ला अध्यक्ष सन्दिप यादवको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन पार्टीका केन्द्रिय उपाध्यक्ष सूर्यनारायण साहले गरेका थिए ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका पार्टी अध्यक्ष मुकेश साह, जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पार्टीकी बैकल्पिक केन्द्रीय सदस्य शिला खनाल, गीता कँडेल, अखिल क्रान्तिकारीका मधेश प्रदेश अध्यक्ष पुजन सिंह लगायतको उपस्थिति रहेको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव शिवम साह, मधेश प्रदेश उपाध्यक्ष प्रभाकर गुप्ता, प्रदेश सचिव बिबेक कुमार साह, विभिन्न पालिकाका अध्यक्ष तथा सदस्यहरु, पत्रकार लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । संचारकर्मी प्रहलाद चौरसियाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button