मलेसिया बिशेषसमाचारसमाज

नेपाली राजदूतावास मलेसिया सहयाेगमा दुई नेपाली स्वदेश फर्किए।

सुरेन्द्र महतो
मलेसिया:=नेपाली राजदुतावास क्वालालम्पुर ,मलेसिया को सहयोगमा दुई नेपाली पीडित श्रमिक नेपाल फर्किएका छन। नेपाल फर्किनेमा मधेस प्रदेश सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका -३ बरमझिया घर भएको शुभकर्ण दास रहेको छ ।जो करीब १० बर्ष पहिले मलेसिया आएको र विभिन्न समस्याहरुको कारण केही बर्ष देखि अबैधानिक भैइ काम गर्दै आएको थियो । २०२४ मार्च महिनामा फेरि उहाँ क्वालालम्पुर को केलाङ लामा तिर आई काम गर्न थाल्यो र त्यहा काम सुरु गरेको २दिन पछि खुट्टा भाचेर समस्यामा पर्नु भयो र त्यही काम गर्ने सेक्युरिटी इन्चार्ज नक्कल बहादुर तमाङले उहाको बारेमा नेपाल मगर संघ मलेशियाका महासचिव वीर बहादुर सारु र हेल्प मधेसी मलेसियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो लाई जानकारी दिई नेपाल फर्काउन आवश्यक सहयोगको लागि पहल गर्न जरुरी रहेको जानकारी दिनु भयो । घर पठाउनको लागि उस्को परिवार पत्ता लगाउन लाई समाजिक सन्जालको प्रयोग पछि उस्को बुढी सुरेन्द्र महतो को सम्पर्कमा आई आवश्यक कागजात मगाई नक्कल बहादुर तमाङ ज्युले नेपाली दूतावासको प्रथम सचिब प्रेम बहादुर बुढाथापा लाई जानकारी गराई प्रक्रिया अगाडि बढाउनु भयो
त्यसगरी चितवन जिल्लाको कालिका नगरपालिका – ८ को किरण बहादुर बुढाथोकी १३ बर्ष पहिले मलेसियाको WSM SDN BHD मा आएको थियो तर केमिकल हरुको कामले गर्दा पटकपटक स्वास्थमा समस्या आउने भएको हुदा ढाई बर्ष पछि त्यो कम्पनी छोडी अबैधानिक भैइ सेक्युरिटी गार्डमा काम गर्न थाल्यो र पछि त्यहा पनि सेलरी नदिने भएपछि एक जनाको सम्पर्कले पानी फ्याकट्रीमा काम गर्नु थाल्यो। त्यो कम्पनी पनि साहुले बेछे पछि निज किरण बहादुर बिचल्ली भएर काटुन हरु जम्मा गरि बेचेर यसो समय बिताउन थाल्यो केही महिना अगाडि बिरामी हुन थालेपछि घर जान लाई एक जना साथी सहयोग लिइ नेपाली दूतावासमा नेपाल फर्काई दिनको लागि अपील गर्यो।
अबैधानिक बसे वापत अध्यागमनलाई बुझाउनु पर्ने शूल्क र हवाई टिकट साथै दुवैजनाको ट्राभल्स डकुमेन्ट प्रथम सचिव प्रेम बहादुर बुढाको पहलमा नेपाल राजदूतावासले उपलब्ध गराएको दूतावासको जनसम्पर्क आधकीरीत जय प्रकाश गिरिले बताउनु भयो।
त्यसै गरि प्रबासी नेपाली समन्वय समिति ( PNCC ) ले दुबै जनालाई एअरपोर्ट सम्म पुर्याउने र नेपाल पुगे पछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल बाट शेल्टर मा लागि काठमाडौ देखि उहाँ हरुलाई सुरक्षीत साथ घर पुर्याई परिवारलाई जिम्मा लगाएको पिएनसिसि को मलेशिया कोर्डिनेटर पुर्ण सुब्बाले बताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button