अन्तराष्ट्रिय

भारतीय विदेशमन्त्री जयशंकरले पशुपति दर्शन गर्ने, यस्ता छन् आजका कार्यक्रम

भारतीय विदेशमन्त्री डा. एस जयशंकर आज पनि विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन्। २६ घन्टाका लागि नेपाल आएका डा.जयशंकरले आज बिहान ८ बजे पशुपति दर्शन गर्नुका साथै अन्य कार्यक्रममा पनि सहभागी हुनेछन्।

उनी आज बिहान ८ बजे पशुपति दर्शनका लागि जानेछन् भने बिहान ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

कार्यक्रम सकेर उनी आजै मध्यान्ह १२ बजे दिल्ली फर्किने छन्।

बिहीवार नेपाल आइपुगेका भारतीय विदेश मन्त्री जयशंकरले उच्च राजनीतिक भेटघाट बिहीवारै गरिसकेका छन्।

नेपाल–भारत परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन बिहीवार बिहान १० बजे भारतीय वायु सेनाको विशेष विमानबाट उनी काठमाडौं आएका हुन्।

बिहीवारै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, नेपाल क्रिकेट संघका पदाधिकारी लगायतसँग भेटघाट गरेका थिए। नागरिक्न्युज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button