अन्तराष्ट्रिय

अबैध टिकटक संचालन बारे साइवर ब्यरोको अनुरोध

नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयबाट भिडियो प्लाटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने सम्बन्धमा निर्णय गरेको थियोे ।  पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, VPN र DNS जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा रहेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।    अहिले संचालनमा आएको कुरा  हुन आएको । VPN र DNS प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणहरूको समेत पहुँच पुऱ्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ । साथै, विद्युतिय स्वरुपमा गैर-कानूनी कुरा संप्रेषण गर्ने, संप्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै ब्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा यस प्रकारका गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरोले अनुरोध गर्दै सूचना जारी प्रकाशित गरेको छ । नेपाली जनता स्वयं जागरुक हुना अति आवश्यक रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button