अन्तराष्ट्रिय

तिब्बत विवाद ः चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध, प्रतिरोध गर्ने चीनको चेतावनी

आफ्नो भूमि तिब्बतलाई लिएर पछिल्लो पटक अमेरिकाले गरेको कारबाहीको प्रतिरोधमा उत्रिने चेतावनी चीनले दिएको छ। अमेरिकाले तिब्बत मामिलामा चिनियाँ अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने गरी लिएको निर्णयको चीनले प्रतिरोध गरेको हो। चीनले कानुन बमोजिम यो घटनामा तिब्बत मामिलामाथि दीर्घकालीन हिलो छ्याप्ने कोसिस अमेरिकाले गरेको जनाएको छ।

चीनले तिब्बत मामिलामा हस्तक्षेपमा जोडिएका अमेरिकी अधिकारीहरुमाथि पनि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनका अनुसार अमेरिकाले तिब्बतको वास्तविकताको बेवास्ता गर्दै अफवाह फैलाइरहेको छ। चिनियाँ अधिकारीमाथि अमेरिकाले लगाएको प्रतिबन्धलाई पनि उनले अवैध भनेका छन्। अमेरिकी कदमले चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप भएको जनाउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको उल्लंघन पनि गरेको उल्लेख गरे।

चीनले अमेरिकी कदमको दृढताका साथ विरोधमा उत्रिने पनि उल्लेख गरेको छ। अमेरिकासँग तथ्यलाई स्वीकारेर तिब्बतसम्बन्धी झूट फैल्याउने काम बन्द गर्न पनि चीनले भनेको छ। तिब्बत मामिलाको आडमा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्न पनि चीनले चेतावनी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button